मन्त्रिपरिषद बैठक
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति बनाउने सरकारको निर्णय
बिहीबार, १८ साउन २०८०, २० : ३०

काठमाडौँ । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति बनाउने निर्णय गरेको छ । साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री रेखा शर्माले सो जानकारी दिएकी छन् ।
हालका उपाध्यक्ष श्रीकृष्ण गिरीको कार्यकाल सकिन लागेसँगै सरकारले नयाँ नियुक्तिका लागि प्रक्रिया सुरु गर्न लागेको हो । सोही उपदफाको खण्ड (ग) बमोजिमको सदस्य पदमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्राडा लोचना श्रेष्ठलाई तोक्ने निर्णय पनि भएको छ ।
मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिको लागि नाम सिफारिस गर्न सिफारिस समिति गठन गर्ने र सोही उपदफाको खण्ड (ग) बमोजिमको सदस्य पदमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्राडा लोचना श्रेष्ठलाई तोक्ने ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणको तयारीमा सुदूरपश्चिम प्रदेश सरकार, सर्वदलीय बैठक माओवादीको बहिष्कार
-
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
-
अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट
-
भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन
-
सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मर्ज गर्दै सरकार