चीनले बालबालिकालाई स्मार्टफोन प्रयोग कडाइ गर्ने तयारी गरेपछि टेक कम्पनीको सेयरमा गिरावट

बेइजिङ । चीनको साइबरस्पेस नियामकले १८ वर्षभन्दा कम उमेरका बालबालिकाको फोन प्रयोगमा नियन्त्रण गर्न सुझाव दिएपछि त्यहाँका प्रविधिसम्बन्धी कम्पनीहरूको सेयरको मूल्यमा गिरावट देखिएको छ ।
बुधबारदेखि अलिबाबा र भिडियो सेयरिङ साइट बिलिबिलीजस्ता कम्पनीको सेयरको मूल्यमा गिरावट देखिएको थियो । बिहीबार बिहान पनि गिरावट जारी रह्यो ।
प्रस्तावित कानुनमा बालबालिकाहरूलाई दैनिक दुई घण्टा मात्र मोबाइल फोन चलाउन दिने भनिएको छ । विश्वकै दोस्रो ठुलो अर्थतन्त्रमा चार वर्षअघि बालबालिकालाई मोबाइलमा गेम खेल्न नियन्त्रण गरिएको थियो ।
साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइना (सीएसी) द्वारा प्रस्तावित कानुनमा बालबालिकाहरूलाई राति १० बजेदेखि बिहान ६ बजेसम्म इन्टरनेटको पहुँचमा प्रतिबन्ध गर्ने भनिएको छ ।
प्रस्तावमा मोबाइल फोन निर्माता कम्पनी तथा एप निर्माण गर्ने कम्पनीलाई ‘माइनर मोड’ फङ्सन विकास गर्न भनिएको छ जसले उमेर अनुसार बालबालिकाको मोबाइल प्रयोगलाई सीमित गर्नेछ ।
१६ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई दैनिक २ घण्टा मोबाइल चलाउन दिइनेछ भने ८ वर्षभन्दा कम उमेरका लागि दैनिक आठ मिनेट मात्र मोबाइल चलाउन दिइनेछ ।
प्रस्तावमा हाल प्रतिक्रियाहरू माग गरिएको छ ।–बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा