इरानमा गर्मीको कहर, सरकारद्वारा दुई दिनको छुट्टीको घोषणा

इरानको भीषण गर्मीका कारण दुई र तीन अगस्ट अर्थात् दुई दिनको लागि छुट्टीको घोषणा गरेको छ । सरकारले पहिलेदेखि नै बिरामी वृद्धवृद्धाहरूलाई घरमै बस्न सल्लाह दिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिणी इरानका धेरै सहरहरू अत्यधिक गर्मीको चपेटामा छन् ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार यस हप्ता अहभाज सहरको तापक्रम ५० डिग्री सेल्सियस नाघेको छ । सरकारका प्रवक्ता अलीबहादुर जहरोमीलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले बुधवार र बिहीबार सार्वजनिक बिदा हुने जानकारी दिएका छन् । यसैबीच स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई उच्च सतर्कतामा राख्न भनेको छ ।
तेहरानमा बुधवार तापक्रम ४० डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ ।
हालैका दिनमा, गर्मीको लहरले विश्वको ठुलो भागलाई प्रभावित गरेको छ । वैज्ञानिकहरूको नजरमा मानवले गरेको जलवायु परिवर्तन यसको लागि जिम्मेवार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ