रुकुम पश्चिममा आँखा पाक्ने रोगको समस्या

रुकुम पश्चिम । रुकुम पश्चिममा आँखा पाक्ने समस्या भएका बिरामी बढ्न थालेका छन् । आँखा सर्जिकल तथा आँखा उपचार केन्द्र सल्लेमा प्रत्येक दिन आँखा पाक्ने समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको छ । केन्द्रका प्रमुख धनबहादुर केसीले केन्द्रमा आँखा पाक्ने रोगका बिरामी दैनिकरुपमा २२ जना आउने गरेको जानकारी दिए ।
उनका अनुसार यस्ता बिरामी मध्ये बालबालिका धेरै रहेका छन् । उनले भने, “बालबालिकामा आँखा पाक्ने समस्या धेरै देखिएको छ । ”
आँखा रातो हुने, चिलाउने, ज्वरो आउने, समस्या देखिने गरेको प्रमुख केसीले बताए । केन्द्रले सङ्क्रमणबाट जोगिनका लागि सङ्क्रमित व्यक्तिको नजिक नबस्न, भिडभाडमा नजान, बिरामीले प्रयोग गरेका औषधि, रुमाल, फोन, सिरानी तथा ओछ्यान प्रयोग नगर्न आग्रह समेत गरेको छ ।
त्यस्तै औषधि प्रयोग गरिसकेपछि हातधुने, आँखा नछुने तथा चस्माको प्रयोग गर्नुपर्छ । अनावश्यकरुपमा भिडभाडमा नजान तथा जानै परे चस्माको प्रयोग गर्न र लक्षण देखिएमा अस्पतालमा जाँच गराउन पनि प्रमुख केसीले सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरालाई हराउँदै ललितपुर लगातार दोस्रो पटक एनएसएल च्याम्पियन
-
भक्तपुरमा पहिलोपटक राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने
-
‘छोरीले साहित्यिक कृति पढ्नुलाई ठुलै पापजस्तो ठानिन्थ्यो’
-
सुरक्षा
-
राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा पुराना तस्बिर प्रदर्शनी
-
एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबिच प्रतिस्पर्धा