फिल्म ‘नाङ्गो गाउँ’ ले लगाउला साम्राज्ञीको ओरालो यात्रामा ब्रेक ?

काठमाडौँ । भुवन केसीको फिल्म ‘ड्रिम्स’बाट अभिनयमा भित्रिएकी हुन्, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । पहिलो फिल्मबाटै हिट उनले त्यसपछि ‘ए मेरो हजुर २’ पनि सफल दिइन् ।
एकपछि अर्को फिल्म हिट हुँदा उनलाई फिल्मको ताँती नै लाग्यो । त्यसपछि ‘कायरा’, ‘तिमीसँग’, ‘मारुनी’ र ‘रातो टीका निधारमा’ उनले अभिनय गरिन् । यी फिल्मले पनि उनको करियरमा सकारात्मक प्रभाव पार्यो ।
तर पछिल्लो समयको ‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’ फ्लप भएपछि भने उनको करियरमा नराम्रो असर पर्यो । त्यसपछि उनको हातमा फिल्म कम पर्न थाले ।
अहिले भने उनी फुर्सदिलो छिन् । दीपेन्द्र लामा निर्देशित ‘नाङ्गो गाउँ’ अभिनयपछि उनले कुनै फिल्म साइन गरेकी छैनन् । किनभने आगामी भदौ २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नाङ्गो गाउँ’को पर्खाइमा छिन् उनी । यो फिल्मबाट आफ्नो ओरालो लागेको करियर फेरि फर्किने उनले आस गरेकी छन् ।
फिल्ममा बक्स अफिसका हिट मेशिन मानिएका अभिनेता दयाहाङ राई र ब्लकबस्टर फिल्म ‘छ माया छपक्कै’का निर्देशक दीपेन्द्र लामा यो फिल्ममा छन् ।
दयाहाङ र दीपेन्द्र दुबै यो फिल्ममा भएको कारण पनि उनलाई ‘नाङ्गो गाउँ’ प्रति ठुलो आशा छ । किनभने फिल्म हिट भयो भने उनको संकटउन्मुख करियर फेरि लयमा फर्कन सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक
-
एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए