आपूर्ति व्यवस्था सहज बनाउन उद्योगमन्त्री रिजालको निर्देशन

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले खाद्य पदार्थको मूल्य वृद्धि नहुने गरी आपूर्ति व्यवस्था सहज बनाउन निर्देशन दिएका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री रिजालवले बजारको आपूर्ति व्यवस्था सहज र नियमित बनाउन निर्देशन दिएका हुन् ।
आपूर्ति व्यवस्थामा आउन सक्ने समस्या समाधान गर्न आफ्नो पूर्ण साथ र सहयोग रहने मन्त्री रिजालले स्पष्ट पारे । आपूर्तिसँग सम्बद्ध सम्पूर्ण सरोकारवाला निकायहरु सजग रही आपूर्ति श्रृंखलामा कुनै कमी कमजोरी हुन नदिन सबैले आ– आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्ने मन्त्री रिजालको भनाई छ ।
छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरु, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, विभिन्न मन्त्रालय तथा विभागका पदाधिकारी लगायतको उपस्थिति थियो । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, वस्तुगत संघहरु लगायतका निजी क्षेत्रका प्रतिनिधिहरुको समेत छलफल कार्यक्रममा सहभागिता थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सबै सरकारी तथा निजी क्षेत्रले आपसी सहकार्यमा आपूर्ति व्यवस्था सहज बनाउनुपर्ने बताए । आसन्न चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिने र भारतको कदमबाट बजारमा पर्ने समस्याका बारेमा योजना बनाउनुपर्ने समेत सचिव मरासिनीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ