सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने ८ जना पक्राउ

दार्चुला । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयका अनुसार दार्चुलाको महाकाली नगरपालिका–३ बाजका २७ वर्षीय नरेन्द्रसिंह महर र सोही ठाउँका २१ वर्षीय ईश्वर महर, ४४ वर्षीय विशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी र कैलालीको गोदावरी नगरपालिका–३ कालीकाटोल बस्ने ३४ वर्षीय शङ्कर भूललाई पक्राउ गरिएको हो ।
जिल्लाको मालिकार्जुन गाउँपालिका–३ बस्ने श्यामसिंह धामीलगायतका सात जनाबाट रु १४ लाख ९५ हजार ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए ।
प्रतिवादी नरेन्द्रसिंह महरले ‘म नेपाली सेनाको जागिरे वाला हुँ, म देवीदल गण अत्तरियामा कार्यरत छु, तिमीहरूलाई सेनामा भर्ना गरिदिन्छु भर्ना गरेबापत नगद रूपैयाँ दिनुपर्ने हुन्छ’ भन्दै ठगी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक पाण्डेयका अनुसार पीडित सात जनालाई सिधै भर्ना गरेर तालिममा समावेश गराउने आश्वासन देखाइएको थियो । पक्राउ परेकाको खाता नम्बर र ई–सेवामा रकम आएको बताइएको छ । उनीहरूविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनले अमेरिकी विशेष दूतसँग भेटे, ट्रम्पसँग चाँडै वार्ता हुने
-
भारतसँग गरेको सहमति स्वीकृत नहुँदा लोडसेडिङको खतरा !
-
केबलकार विवाद : फागुनमा पाथीभराबाट सङ्कलन हुने भेटी घट्यो
-
सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि समिति गठन
-
विदेशी लगानीमा उत्साह, एकै महिना पौने १८ अर्बको लगानी स्वीकृत
-
पशुपति क्षेत्रको ऐतिहासिक अग्निहोतृशाला वैशाखदेखि सञ्चालन हुने