सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

राम्रो काम गर्दागर्दै सरकार छाड्नुपरेपनि छाडिन्छ : प्रचण्ड

बुधबार, १७ साउन २०८०, २१ : ००
बुधबार, १७ साउन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्दागर्दै सरकार छाड्नुपरे पनि पार्टी तयार रहेको बताएका छन् । बुधबार केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा  प्रचण्डले यस्तो बताएका हुन् । 

‘राम्रो काम गर्दागर्दै पनि सरकार छाड्नुपरे छाडिन्छ । दुई चार वटा ठूला गर्न अझै काम छन्’, भ्रष्टाचारविरुद्ध कदम चालिरहेका प्रचण्डले भने । 

उनले अझै दुई चार वटा ठूला काम गर्न बाँकी छ भनेर भ्रष्टाचारका अरु पनि फाइल खोल्ने संकेत गरेका हुन् । 

यस्तै प्रचण्डले बैठकमा तस्करीका जालो भयानक भएको ब्रिफिङ गर्दै त्यसलाई पनि पार्टी र सरकारले तोड्ने बताए । 

‘तस्करीको जालो भयानक छ, त्यो तोड्ने काम भइरहेको छ । दबाब, घेरा र हामीभित्रको प्रदूषण पनि सफा गर्नुपर्छ’, प्रचण्डले भने ।  

प्रचण्डले सरकारले गरेको राम्रो कामका कारण जनतामा सकारात्मक सन्देश प्रवाह भएको पनि बताएको एक केन्द्रीय सदस्यले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप