माओवादी बैठक : बालुवाटारमा नवयुवराज र युवराज्ञीहरुको दबदबा देखियो !

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री निवास बालुवाटारमा नवयुवराज र युवराज्ञीहरुको दबदबा भएको भन्दै कटाक्ष भएको छ ।
बुधबारदेखि राजधानीको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा एक केन्द्रीय सदस्यले बालुवाटार नयाँ सामन्तवादको किल्ला भन्दै कटाक्ष गरेका हुन् ।
केन्द्रीय सदस्य लक्ष्मण पन्तले गणतन्त्र आएपछि नारायणहिटी दरबारको ठाउँमा बालुवाटार सामन्तवादको नयाँ किल्लामा परिणत दाबी गरे ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै पन्तले आफन्तलाई सचिवालयमा राख्न नहुनेमा समेत जोड दिए ।
एक केन्द्रीय सदस्यका अनुसार पन्तले ‘प्रचण्ड'को निजी सहायक दाहाल हुनु र नारायणकाजी श्रेष्ठको निजी सहायक सुरेशकाजी श्रेष्ठ हुनु संयोगमात्र नभएको बताएका थिए ।
उनले यसै बैठकले नेताहरुका परिवारका सदस्यलाई निजी वा स्वकीय सचिवमा नराख्ने निर्णय गर्नसमेत बैठक समक्ष माग गरे ।
उनले नायब सुब्बासम्मको सरुवामा नेताका परिवारका सदस्यहरुको रुचि रहने गरेको सुन्नमा आएको पनि बताए ।
पन्तले आगामी चारदेखि छ महिनाभित्र पार्टी महाधिवेशन बोलाएर अध्यक्षसहित सिङ्गो केन्द्रीय समिति चुनिनु पर्ने माग पनि बैठकमा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फागुपूर्णिमाको दिन आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?
-
सगरमाथा आरोहणको तयारी सुरु, बाटो बनाउन खटाइए ‘आइसफल डाक्टर’
-
एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा
-
राजावादी सक्रीय भएपछि माधव नेपालको पार्टीले गर्यो सङ्घर्ष गर्ने निर्णय
-
नेपालका १२५ भाषाको लेखन सहजताका लागि एउटै ‘फन्ट’ निर्माण