बुटवलमा ‘डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर’ अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ‘डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएको छ ।
उपमहानगरपालिकामा मंगलबार बसेको सरोकारवाला सहितको बैठक तथा अन्तरक्रिया कार्यक्रमले बिहीबारदेखि १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए ।
विद्यालय, संघसंस्था, अस्पतालहरुलाई समेत सचेतना कार्यक्रममा सहभागी गराउँदै डेंगु नियन्त्रणको अभियानमा सहभागी गराउने निर्णय भएको छ ।
छलफलका क्रममा डेंगु महामारीको समयमा डेंगु परीक्षण शुल्कमा एकरुपता कायम राख्न बुटवल भित्रका प्रयोगशाला सहमत भएका छन् ।
बुटवल उपमहानगरपालिकामा तत्काल संक्रमितको तथ्याङ्क एकीकृत रुपमा संकलन गरी राखेर एकद्वार प्रणालीबाट बुटवल उपमहानगरपालिकालाई बुझाउने निर्णय गरिएको उपनिर्देशक पाण्डेले जानकारी दिए ।
रुपन्देहीमा ४६ जना जना संक्रमित फेला परेको अस्पतालहरुले बताए पनि बुटवलमा अहिलेसम्म आधिकारिक रुपमा संक्रमित फेला परेका छैनन् ।
नगरप्रमुख खेलराज पाण्डेयले बुटवलभित्र डेंगु नियन्त्रणमा नगरले नियमित रुपमा अभियान सन्चालन गरी संक्रमण फैलिन नदिनतर्फ ध्यान दिने बताए ।
उनले आवश्यकताअनुसार फिभर क्लिनिक र औषधोपचारको व्यवस्था गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छ : विमलेन्द्र निधि
-
कर्मचारी ट्रेड युनियनको ७२ घण्टे अल्टिमेटम, माग पूरा नभए कलम बन्द गर्ने चेतावनी
-
‘के घर के डेरा : घर नं २’ को पहिलो गीत ‘आँखा’ सार्वजनिक
-
नेपालको असंलग्न परराष्ट्र नीति होइन, संलग्न परराष्ट्र नीति बनाउनपर्छ : राजेन्द्र महतो
-
४७ जना सहसचिवको सरूवा, को कहाँ ? (सूचीसहित)
-
आलेविरुद्ध लेखा समितिले पनि थाल्यो छानबिन