सुदूरपश्चिम सरकारले पायो पूर्णता, ३ मन्त्रीले लिए शपथ

धनगढी । सुदूरपश्चिम सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्रीमा कमल बहादुर शाह नियुक्त भएको झण्डै छ महिना पुग्नै लाग्दा सरकारले पूर्णता पाएको हो ।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयको शपथ ग्रहण गराए ।
तेस्रो पटकमा मन्त्री मण्डललाई पूर्णता दिएका मुख्यमन्त्री शाहले कांग्रेसका प्रदेशसभा सदस्य शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी दिएका छन् । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी नागरिक उन्मुक्तिकै कैलाश चौधरी दिएका हुन् ।
मन्त्री भट्ट बैतडीको प्रदेशसभा (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
रामेश्वर चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका थिए । त्यस्तै, कैलाश चौधरी कैलाली निर्वाचन क्षेत्र नं. १ (१)बाट निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले महासचिवको अभिव्यक्ति विवादमा : कर्णालीका मान्छेले गणतन्त्रपछि मात्रै भात खान पाएका हुन् ?
-
‘मिडियाले निराशा बढाउने काम गर्न हुँदैन’
-
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : प्रचण्ड
-
दुर्गा प्रसाईँको प्रहरीलाई छक्काउने योजना यसरी भयो विफल
-
तस्कर गिरोहबीचको विवादले चलेको थियो सुनसरीमा गोली
-
कौरा नृत्यमा छमछमी नाचे विदेशी पर्यटक