सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
प्रदेश मन्त्रिपरिषद

कोशीमा मुख्यमन्त्रीसँगै तीन मन्त्रीले लिए शपथ

बुधबार, १७ साउन २०८०, १७ : ४१
बुधबार, १७ साउन २०८०

काठमाडौँ । कोशी प्रदेशमा  मुख्यमन्त्री उद्धव थापाले सपथ लिएसँगै सानो मन्त्रिपरिषद् बनाएका छन् ।  मुख्यमन्त्री थापाले निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका छन् ।

त्यस्तै खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुले शपथ लिएका छन् । सुनुवार र गौतम दुवै ओखलढुंगाबाट निर्वाचित प्रदेश सांसद हुन् । 

koshi

प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित समारोहमा थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै अन्य मन्त्रीले पनि शपथ लिएका हुन् ।   मुख्यमन्त्री थापा मंगलबार नियुक्त भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप