माओवादी बैठक : पहिलो दिन १८ जनाले धारणा राखे
बुधबार, १७ साउन २०८०, १७ : ३३
_IzC96FeyH7.jpg)
काठमाडौँ । नेकपा माओवादीको केन्द्रीय समितिको पहिलो दिनको बैठकमा १८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् ।
पहिलो दिनको बैठकमा १८ जना केन्द्रीय सदस्यले धारणा राखेको केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गरेका थिए ।
बैठक भोलि बिहान ११ बजे बस्नेछ । अध्यक्ष प्रचण्डले भदौदेखि तीन महिने ‘जनतासँग पार्टी’ अभियानदेखि पार्टी सुदृढ बनाउनेबारे प्रस्ताव अघि सारेका छन् ।