बेथिति
सिंहदरबारभित्रै नियम उल्लंघन !
सडक पेटीमा सवारी, सडकमा सेवाग्राही
बुधबार, १७ साउन २०८०, १६ : ५४

काठमाडौँ । राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सेवाग्राही सडक पेटीबाट हिँड्न पाउँदैनन् । मन्त्रालयहरूका सरकारी गाडी पेटी नै ढाकिने गरी पार्किङ गरेर राखिएका हुन्छन् । अरूलाई नियम सिकाउनुपर्ने सरकारी निकायले यसरी नियमको आफैँ धज्जी उडाइरहेको दृश्य आज रातोपाटीले कैद गरेको छ ।
नियम सर्वसाधारणलाई मात्रै लागू हुने हो र ? सर्वसाधारणले यसरी पेटी नै ढाकिने गरी सवारी राखेको पाइएमा ट्राफिक प्रहरीले ह्वील लक गरेर जरिवाना असुल्दै आएको छ । तर, सिंहदरबार भित्र निर्बाध पेटीमा सवारीसाधन रोकिएका हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाइरल सङ्क्रमणले अस्पतालमा क्षमताभन्दा बढी बिरामी
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु