काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बुधबारदेखि राजधानीको प्रज्ञा भवनमा सुरु भएको छ । बैठकलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले संक्षिप्त सम्बोधन गर्दै शुभारम्भ भएको घोषणा गरे ।
बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले माओवादी पार्टी पार्टी जस्तो नभएको भन्दै व्यापक सुधारको जरुरी रहेको र यो बैठक फलदायी हुने विश्वास व्यक्त गरे ।
केन्द्रीय समितिमा मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा छलफल हुनेछन् ।
सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी रहने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
हेर्नुहोस् तस्बिरहरु :
प्रतिक्रिया