राजनीति
माओवादी केन्द्रीय समिति बैठक सुरू, अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै
बुधबार, १७ साउन २०८०, १३ : १७

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरू भएको छ । राजधानीको प्रज्ञाभवन कमलादीमा सुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन् ।
५ दिनसम्म चल्ने बैठकमा संगठनात्मक र राजनीतिक प्रतिवेदनमाथि छलफल र बहस हुनेछ ।