स्टकको चामल पुरानै मूल्यमा बेच्न वाणिज्यको निर्देशन, कारबाहीको चेतावनी
बुधबार, १७ साउन २०८०, १२ : ३९

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीलाई चामलको मूल्य नबढाउन निर्देशन दिएको छ । विभागले एक विज्ञप्ति जारी गर्दै विभिन्न बहानामा चामलको मूल्य नबढाउनका लागि निर्देशन दिएको हो ।
प्रवक्ता होमनाथ भट्टराईले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘भारतले बासमती बाहेकको चामलको निर्यातमा रोक लगाएको बहानामा मूल्य बढाएको पाइएमा कारबाही हुनेछ ।’ विभागले भारतले चामल निर्यात रोक्नुअघि नै नेपाल ल्याएर भण्डारणमा रहेको चामलको मूल्य बढाउन नमिल्ने उल्लेख गरेको हो ।
सोहीअनुसार, भारतले निर्यात रोक्नुअघि नै आयात भएको चामलको मूल्य साबिककै अनुसार हुनुपर्ने विभागको भनाई छ । अन्यथा व्यापारीलाई कानुन बमोजिम कारबाहीको चेतावनी समेत विभागले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको पार्टी सदस्यता जलाउने कार्यक्रम गरिदै
-
सरकारले जफत गर्यो वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको जग्गा, सेयर र नगद (सूचीसहित)
-
विशेषले सफाइ दिएको नापी र राष्ट्रिय निकुञ्जको दुई मुद्दामा सर्वोच्च पुग्यो अख्तियार
-
म्यानमारमा भूकम्पका घाइतेकाे उपचार गरी फर्किएको टोलीलाई जंगी अड्डामा सम्मान
-
मोटर चलाउँदा र मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु
-
तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र