प्रेमी युद्धसँगको सहकार्यमा झम्सिखेलमा रेस्टुरेन्ट सञ्चालन गर्दै पूजा
बुधबार, १७ साउन २०८०, ११ : ५४

काठमाडौँ । अभिनेत्री पूजा शर्माले रेस्टुरेन्ट सञ्चालनमा ल्याउने भएकी छन् । उनले प्रेमी युद्ध बानियासँगको सहकार्यमा ललितपुरको झम्सिखेलमा रेस्टुरेन्ट सञ्चालनमा ल्याउन लागेकी हुन् ।
शुक्रबारबाट सञ्चालनमा आउने रेस्टुरेन्टको नाम ‘ट्याग स्पोर्ट लन्च एण्ड बार’ राखिएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारको स्वाद उनको रेस्टुरेन्टमा लिन सकिन्छ ।
‘रेस्टुरेन्टको ओपनिङ कार्यक्रम भदौमा गर्ने योजना छ । तर अगामी शुक्रबारबाट भने खुल्नेछ’, पूजाले भनिन् ‘रेस्टुरेन्टबाट कमाउनेछु र त्यो कमाई फिल्ममा हाल्नेछु ।’ आगामी दिनमा व्यवसाय र रेस्टुरेन्ट सँगसँगै लैजाने योजना रहेको पूजाले बताइन् ।