माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ८५ करोड
काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कठिन लगानीका बाबजुदपनि बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफामा १० प्रतिशतले वृद्धि गरेको हो ।
गत वर्ष बैंकको खुदा ब्याज आम्दानी समेत १०.५ प्रतिशतले बढ्दै ५ अर्ब ३८ करोड नाघेको छ । सोही अवधिमा यता बैंकको ऋण लगानी भने १.६३ प्रतिशतले घटेर एक खर्ब २६ अर्बमा सीमित भएको छ ।
बैंकको निक्षेप ६.३१ प्रतिशतले बढेर एक खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ।
नाफामा वृद्धि भएसँगै बैंकको वितरणयोग्य नाफामा समेत उच्च सुधार भएको छ । गत आर्थिक वर्षको वित्तीय कारोबारबाट बैंकको वितरणयोग्य नाफा १६२.६६ प्रतिशतले बढेर एक अर्ब ५६ करोड ८७ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
अघिल्लो वर्ष बैंकको यस्तो वितरणयोग्य नाफा ५९ करोड ७२ लाख रुपैयाँ मात्र थियो । बैंकको खराब कर्जा (एनपीएल) अनुपात १.०४ प्रतिशतबाट बढेर २.१२ प्रतिशत पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : महत
-
बाल मानव अधिकार रक्षकहरूको तीनदिने राष्ट्रिय भेला सम्पन्न
-
साहित्यकार शर्मा र साहित्यिक संस्था चिया कवितालाई लुसुन प्रज्ञा पुरस्कार
-
युवकलाई बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ
-
अफवाह फैलाउने १० युट्युब च्यानल कारबाहीमा
-
रेखा भन्छिन्– सन्तान जन्माएपछि महिला झन् जवान हुन्छन्