कोशी प्रदेश : नवनियुक्त मुख्यमन्त्री थापाको शपथग्रहणको समय साँझ ५ बजेलाई सर्यो
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धब थापाले आज बिहान १०स्३० बजे लिने भनेको शपथ बेलुका ५ बजेलाई सरेको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले शपथको कार्यक्रम साढे १० बजेबाट ५ बजेलाई सरेको जानकारी दिए । मुख्यमन्त्रीको कार्यालयबाट केही मन्त्रीसहित बिहान साढे १० बजे शपथ हुने बताईएको थियो ।
यसअघि मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री थापाले आफ्नो यसअघिकै क्याविनेटका मन्त्री दोहोरिने संकेत गरेका थिए । यसअघि कांग्रेसबाट प्रदिपकुमार सुनुवार, राककुमार खत्री, माओवादीबाट जीवन आचार्य, राजेन्द्र कार्की मन्त्री बनेका थिए । उनीहरूमध्ये आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मा पाए पनि अरू मन्त्रीहरू जिम्मेवारीबिहीन थिए ।
स्रोतले दिएको जानकारी अनुसार आज काँग्रेसबाट प्रदिपकुमार सुनुवार, माओवादीबाट बाबुराम गौतम र नेकपा एसबाट कमल जबेगुले शपथ लिनेछन् ।
प्रदश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । सभामुख बाबुराम गौतमले सभामुखबाट राजीनामा दिइसकेकोले उनी माओवादी संसदीय दलका सदस्य कायम रहेको र गठबन्धनसँग बहुमत अर्थात ४७ सांसद पुगेको हो । गठन्धनको सरकार बनाउन सभामुख गौतमले मंगलबार नै पदबाट राजीनामा दिएका थिए ।
यसअघि सभामुखको हैसियतमा छुट्टै हस्ताक्षर लिएर सरकारको दाबी गरेर नियुक्त भएका थापालाई नियुक्ति प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालले मुख्यमन्त्री नियुक्त भएको २२ दिनमै बर्खास्त गरेको थियो । थापा यसअघि असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई सर्वोच्चले साउन ११ गते बर्खास्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस सभापति देउवा आज धनुषा जाँदै
-
बागमतीमा मन्त्रालयका लागि भवन अभाव, भत्काउन तयारी गरिएको घरमा २ मन्त्रालय
-
प्रधानमन्त्रीले बोलाएको बैठकमा बाबुराम नजाने, सामाजिक सञ्जालबाटै दिए सुझाव
-
मधेस प्रदेशमा डेंगु सङ्क्रमण न्यून, के भन्छन् विज्ञ ?
-
आजको राशिफल : कस्तो रहला आज तपाईंको दिन ?
-
टेलिकमको टावर निर्माण अन्तिम चरणमा, फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै