माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
बुधबार, १७ साउन २०८०, ०९ : ४१

काठमाडौं । केन्द्रीय कमिटीको एजेण्डा पारित गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
यसअघि पदाधिकारी बैठकमा प्रतिवेदनबारे छलफल भएको थियो । केन्द्रीय समिति बैठक बिहान ११ बजे प्रज्ञाभवन कमलादीमा बस्दैछ । ५ दिनसम्म सञ्चालन हुने बैठकले संगठनात्मक स्वरूप, आगामी कार्यदिशा, कार्यक्रम, विधान सम्मेलनबारे निर्णय गर्ने उपाध्यायले बताए ।
माओवादी केन्द्रले केन्द्रीय समिति बैठक पहिलोपटक लाइभ गर्न लागेको छ । बैठक लाइभ गर्ने पदाधिकारी बैठकको निर्णयमा धेरै नेताहरूले असन्तुष्ट जनाएका छन् । यस विषयमा स्थायी कमिटी बैठकमा छलफल हुने सचिव गणेश साहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित
-
कारागारमा रहेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना
-
अछाममा दृष्टिविहीन १६ वर्षीया किशोरीमाथि जबर्जस्तीकरणी, गर्भवती अवस्थामा फेला