संघीय सरकारलाई नयाँ प्रहरी ऐन ल्याउन सकस, प्रदेश प्रहरी भर्ना खोल्ने तयारीमा लुम्बिनी सरकार
बुटवल । लुम्बिनी प्रदेश सरकारले असार पहिलो हप्ता आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नाम फेरेर गृह मन्त्रालय बनाएको छ । यद्यपि लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेको निर्देशन मान्ने आधिकारिक रूपमा कुनै प्रहरी छैनन् । प्रदेशमा प्रहरी परिचालन, नियन्त्रण गर्ने अधिकार अझैसम्म उनीसँग छैन ।
संघीयता आएको ६ वर्षसम्म वर्षसम्म पनि सो अनुसारको ऐन नबन्दा प्रदेशसँग आफ्नै प्रहरी नभएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले केही दिन अगाडि पाल्पामा एक केबलकारको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड र अन्य संघीय मन्त्रीका अगाडि आक्रोससमेत पोखे ।
मुख्यमन्त्री चौधरीले ‘बिना प्रहरीको सरकार हुन्छ ? प्रदेश सरकारको प्रहरी कहाँ छ ? त्यो विषयमा संघीय सरकारले किन अधिकार दिन चाहदैन ?’ भन्ने प्रश्न गरेका थिए ।
प्रदेशमा खटिएका प्रहरीले सम्बन्धित प्रमुख जिल्ला अधिकारीको समन्वयमा काम गर्दै आएका छन् । प्रदेशको गृहमन्त्रीलाई प्रहरी परिचालन र नियन्त्रणको कुनै अधिकार नभएको अधिवक्ता महेन्द्र पाण्डेयले रातोपाटीलाई बताए ।
त्यसो त लुम्बिनी प्रदेशमा मात्रै होइन, संघीय प्रहरी ऐनका लागि सातै प्रदेशबाट आवाज उठ्न थालेको छ । केही समय आगडि पोखरामा भएको मुख्यन्त्रीहरुको सम्मेलनले पनि प्रधानमन्त्रीलाई छिटै प्रहरी ऐन ल्याउन दबाब दिएको थियो ।
उनले भने, ‘अहिले व्यावहारिक रूपमा मुख्यमन्त्री, प्रदेशका गृहमन्त्रीको कुरा प्रहरीले सुन्ला तर निर्देशन दिने हैसियत मुख्यमन्त्री र प्रदेशका गृहमन्त्रीसँग छैन । किनकि अहिले प्रहरी संघीय सरकार अन्तर्गत नै छ ।’
अध्येयता युवराज कँडेलले प्रहरी ऐन प्रदेशले बनाएको एक वर्षभन्दा धेरै भए पनि केन्द्रले नबनाउँदा त्यो लागु हुन समस्या भएको बताए ।
लुम्बिनी प्रदेश सरकारले गत वर्ष वैशाखमा एआईजीको कमान्डमा प्रहरी राख्ने गरी प्रदेश प्रहरी ऐन ल्याएको थियो ।
त्यसो त लुम्बिनी प्रदेशमा मात्रै होइन, संघीय प्रहरी ऐनका लागि सातै प्रदेशबाट आवाज उठ्न थालेको छ । केही समय आगडि पोखरामा भएको मुख्यन्त्रीहरुको सम्मेलनले पनि प्रधानमन्त्रीलाई छिटै प्रहरी ऐन ल्याउन दबाब दिएको थियो ।
लुम्बिनीका गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले आफूहरू केन्द्रबाट प्रहरी ऐन आउने अपेक्षामा रहेको बताए । अन्यथा आगामी दसैँसम्ममा प्रदेश प्रहरी भर्ना खोल्ने उनले रातोपाटीलाई बताए ।
‘हामीलाई विश्वास छ, छिटै केन्द्रबाट प्रहरी ऐन आउँछ,’ उनले भने, ‘नआए पनि दसैँ आसपास हामीले प्रदेश प्रहरी, प्रदेश अनुसन्धान र पर्यटक प्रहरीको भर्ना खोल्ने छौँ ।’
लुम्बिनी प्रदेश प्रहरी ऐनमा के छ ?
लुम्बिनी प्रदेश सरकारले गत वर्ष बनाएको प्रहरी ऐनमा डीआइजी र एसएसपी प्रदेश सरकारको सिफारिसमा नियुक्त गर्न पाउनुपर्ने व्यवस्था गरिएको छ ।
लुम्बिनी प्रदेश प्रहरी ऐनमा विपन्न खस आर्यलाई पनि आरक्षण पद छुट्याइएको छ । खुलाको ४५ प्रतिशतलाई शतप्रतिशत मानी विभिन्न ७ समूहमा आरक्षण अन्तर्गत विपन्न खस आर्यलाई एक समूह मानिएको छ ।
प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक पदमा बढुवा प्रदेशले गर्न पाउने व्यवस्था ऐनमा गरिएको छ ।
यस्तै प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी वरिष्ठ हवलदार, हवलदार प्रदेशले नै खुला प्रतियोगिताबाट वा बढुवा गर्न पाउने व्यवस्था ऐनमा छ ।
उक्त ऐनमा प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक ७० प्रतिशत खुला प्रतिस्पर्धाबाट र बाँकी ३० प्रतिशत बढुवा गर्न सक्ने उल्लेख छ ।
लुम्बिनी प्रदेश प्रहरी ऐनमा विपन्न खस आर्यलाई पनि आरक्षण पद छुट्याइएको छ । खुलाको ४५ प्रतिशतलाई शतप्रतिशत मानी विभिन्न ७ समूहमा आरक्षण अन्तर्गत विपन्न खस आर्यलाई एक समूह मानिएको छ ।
ऐनमा महिलालाई ३३ प्रतिशत, आदिवासी जनजातिलाई १५ प्रतिशत र थारुलाई १४ प्रतिशत, दलितलाई १४, मधेसीलाई १०, विपन्न खस आर्यलाई ६ प्रतिशत, मुस्लिम ५ र द्वन्द्व पीडितलाई ३ प्रतिशत आरक्षण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ ग्रामथान र महावुको नमुना मतपत्र
-
मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय
-
सभामुखबाट दलको सर्वोच्चता अस्वीकार भयो : प्रवक्ता यादव
-
ग्रेनाइट उत्खननको लाइसेन्स दिन्छु भनेर ठगेको आरोपमा एकजना पक्राउ