झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक
झापा । झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कूल छ हजार तीन सय २७ मुद्दा दर्ता भएका थिए । यसमा एक हजार सात सय सात सम्बन्धविच्छेदका मुद्दा थिए ।
सम्बन्धविच्छेदका एक हजार तीन सय छ मुद्दा फर्स्यौट भएको जिल्ला अदालतका श्रेष्तेदार वीरेन्द्र बस्नेतले जानकारी दिए । सो अवधिमा नौ सय ६९ अंशबण्डाका मुद्दा दर्ता भएकामा पाँच सय २१ फछर्यौट भएका थिए । चार सय ४८ मुद्दा अर्को वर्षलाई सरेका छन् ।
जिल्ला अदालतमा वर्षभरि दर्ता हुने मुद्दामध्ये आधा हाराहारीमा मात्रै फछर्यौट हुने गरेका श्रेष्तेदार बस्नेतले बताए । आर्थिक वर्ष २०७८/८९ मा पनि आधी सङ्ख्यामा मात्र मुद्दा फछर्यौट भएका थिए । सो अवधिमा कूल छ हजार चार सय १९ मुद्दा विचाराधीन रहेकामध्ये तीन हजार आठ सय ५९ मुद्दा फछर्यौट भएका थिए । दुई हजार पाँच सय ६० मुद्दा अर्को वर्षका लागि सरेका थिए ।
आव २०७९/८० मा लागु औषधसम्बन्धी कसुरमा तीन सय ७७ मुद्दा दर्ता भएकामा दुई सय २० फछर्यौट भएका थिए । यसैगरी, सम्पत्ति लेनदेनसम्बन्धी दुई सय ३६ मुद्दा परेकामा एक सय १२ फछर्यौट भएका श्रेष्तेदार बस्नेतले जानकारी दिए ।
यस्तै बलात्कार, चोरी र बहुविवाहसम्बन्धी कसुरमा अदालतमा धेरै मुद्दा पर्ने गरेको तथ्याङुक छ । आव २०७९/८० मा बलात्कार (करणी) सम्बन्धी कसुरमा तीन सय तीन मुद्दा परेकामा एक सय ५७ फछर्यौट भएका थिए । अदालतको तथ्याङ्क अनुसार बलात्कारसम्बन्धी मुद्दामध्ये जबरजस्ती करणीका दुई सय २४ मुद्दा परेकामा एक सय १० फछर्यौट भएका छन् । चोरी तथा डाकासम्बन्धी कसुरमा दुई सय नौ मुद्दा परेकामा एक सय ४७ वटा फछर्यौट भएका जिल्ला अदालतले जनाएको छ । यसैगरी बहुविवाहका ५४ मुद्दा परेकामा ३० वटा फछर्यौट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमरा बाहेक तराईका सबै विमानस्थल खुला
-
गाजामा इजरायलले गरेको हवाई हमलामा फेरि २१ जनाको मृत्यु
-
एक हप्ताअघि घरबाट भागेका केटाकेटी मृत फेला
-
संविधान परिमार्जनमा सुझाव दिन परियारको नेतृत्वमा रास्वपाले बनायो कार्यदल
-
सुदूरपश्चिमभर निःशुल्क रगत उपलब्ध गराइने, १ करोड बजेट विनियोजन
-
माओवादीको अर्को केन्द्रीय समिति बैठकले मात्र महाधिवेशनको मिति तय गर्ने