उपराष्ट्रपति यादवले फहराए अग्लो राष्ट्रिय झण्डा
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मटिहानी वडा नम्बर ७ स्थित तस्मैयाबाबा उद्यानमा रहेको एक सय १० फिटको उचाइमा राखिएको झण्डा फहराएर उद्घाटन गरेका छन् ।
मंगलबार महोत्तरीको मटिहानी पुगेका उनले तस्मैयाबाबा उद्यानमा रहेको एक सय १० फिटको उचाइमा राखिएको झण्डा फहराएर उद्घाटन गरेका हुन् ।
झण्डा उद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रममा उपराष्ट्रपति यादवले सीमावर्ती क्षेत्रमा पर्ने मटिहानीमा राष्ट्रध्वज स्थापना गरी यहाँका जनताले राष्ट्रप्रति उच्च अपनत्व देखाएको बताए । उनले मटिहानी नगर राष्ट्रध्वजको माध्यमबाट देश र मातृभूमिप्रति लगाव र सम्मानको प्रदर्शन गर्नमा सफल भएको पनि बताए ।
उपराष्ट्रपति यादवले नेपाल बहुधार्मिक, बहुजातीय र बहुक्षेत्रीय देश रहेको भन्दै सम्पूर्ण जनताका साथ सामाजिक न्याय, समानता र सम्मानसँगै हरेक वर्ग र समूहको भलाइका लागि लोकतान्त्रिक पद्धतिअनुसार कानूनी व्यवस्थाहरू गरिएको पनि बताए ।
उपराष्ट्रपति यादवले नेपाल र भारतको समस्त वैष्णव मठको प्रधान रहेको लक्ष्मीनारायण मठ, नेपालको सबैभन्दा ठूलो राजगुठी र नेपालको प्रथम शिक्षालय राजकीय संस्कृत पाठशाला मटिहानीमा रहेको भन्दै यो पवित्र भूमिमा देशप्रेम, राष्ट्रभक्ति र राष्ट्रियताको एकताको प्रतीक रहेको नेपालको राष्ट्रध्वज स्थापना गर्नु गौरवको विषय भएकोसमेत बताए ।
उपराष्ट्रपति यादवले तराई–मधेस सुख्खा क्षेत्रमा परिणत भएकोमा चिन्ता पनि व्यक्त गरे । उनले वर्षा नहुँदा यस क्षेत्रका किसानका साथै आमजनताले धेरै समस्याको सामना गर्नुपरेकाले संवेदनशील भई समस्याको निराकरण गर्नु सरकारको दायित्व भएको पनि बताए ।
उपराष्ट्रपति यादवले सो क्रममा पीरवावा मजारको समेत दर्शन गरेका थिए । हिन्दु सनातन परम्पराका महासन्त तस्मैयावावा र इस्लाम परम्पराका सुफी सन्त पीरबाबा १६ औँ शताब्दीमा आधुनिक मटिहानीको जग बसाउने व्यक्तिका रूपमा चिनिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कास्कीले भन्यो– लामिछानेको रिहाइले सत्यको जीत
-
राजेन्द्र लिङ्देनले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ?
-
शीतलहरले तराईमा जनजीवन प्रभावित
-
बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन खुल्यो
-
नयाँ क्षेत्रसम्म पुग्यो लस एन्जलसको डढेलो, मर्नेको संख्या पनि बढ्यो
-
सरकार विरोधी प्रदर्शनपछि भेनेजुएलामा विपक्षी नेतृ माचादो पक्राउ