कोशीमा सरकारविहीनता हुन नदिन राजीनामा: निवर्तमान सभामुख गौतम
काठमाडौँ । कोशी प्रदेशका निवर्तमान सभामुख बाबुराम गौतमले प्रदेशमा सरकारविहीनताको अवस्था अन्त्य गर्नका लागि आफूले राजीनामा दिएको स्पष्ट पारेका छन् । गौतमले मंगलबार राजीनामा दिएसँगै नेपाली कांग्रेसका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी पेस गर्दै सो पदमा नियुक्तसमेत भइसकेका छन् ।
गौतमले भने, ‘सरकार विनाको प्रदेश रहन सक्दैन, यस्तो अवस्थामा म जस्तो जिम्मेवार व्यक्तिले पदलाई मात्रै समाएर देश र प्रदेशप्रतिको आफ्नो दायित्व पुरा गर्न नसकिने अवस्थालाई हृदयङ्गम गरी सभामुख पदबाट राजीनामा गर्ने मनस्थितिमा पुगी आफ्नै खुसीले स्वतन्त्र रहेर राजीनामा गरेको छु।’
यसअघि पनि प्रदेश सरकारको गठन प्रक्रियामा प्रदेशमा सरकारविहीनताको परिस्थिति नहोस् भन्ने असल मनसायले आफ्नो समेत हस्ताक्षरमा सरकार गठन भएको उनको स्पष्टोक्ति छ । ‘सर्वोच्च अदालतमा चुनौती भई संविधानमा स्पष्ट हुन नसकेको विषय अदालतबाट स्पष्ट भई सरकार गठन प्रक्रियामा सभामुख सामेल हुन नहुने सम्मानित सर्वोच्च अदालतबाट व्याख्या भएको कुरालाई मैले स्वीकार गर्दै यो विषयमा मैले विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जालमा अन्यथा व्यहोर्नु परेतापनि भविष्यमा सबैलाई मार्गदर्शन हुने कुरा सम्मानित अदालतबाट व्याख्या हुन सकेकोले मलाई खुसी लागेको छ, यसमा मलाई लघुताभास भएको छैन,’ उनले भनेका छन् ।
सभामुख पदबाट राजीनामा गरिसकेपछि आफ्नो मातृ राजनीतिक दल नेकपा (माओवादी केन्द्र)सँग आबद्ध भएको बताउँदै अब उक्त दलसँग सम्बन्धित कोशी प्रदेश सभा सदस्यको रूपमा आफूलाई उभ्याएको गौतमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीमदत्त नगर सभापति कलौनीको अन्त्येष्टि
-
बुढासुब्बा गोल्डकप :‘सडन डेथ’ मा धरान फुटबल क्लबलाई हराउँदै युके एफसी सेमिफाइनलमा
-
सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै
-
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
-
चौतारा ढालेर थुपारिएको दाउरा महानगरले जफत गर्ने