कर्णालीमा विद्युत् ऐन बनाउने तयारी, विधेयक सभामा टेबुल
मङ्गलबार, १६ साउन २०८०, १८ : २४

सुर्खेत । कर्णाली प्रदेशमा विद्युत् सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक टेबुल भएको छ । मंगलबारको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले विधेयक टेबुल गरेका हुन् ।
जिसीले प्रदेशस्तरमा जलस्रोत तथा नवीकरणीय ऊर्जाका स्रोतको दिगो रुपमा अधिकतम र उचित परिचालनका माध्यमबाट उत्पादन, प्रसारण र वितरणलाई प्रवर्द्धन गरी वातावरणमैत्री, नियमित भरपर्दो र सुरक्षित विद्युत् सेवा प्रदानका लागि विद्युत् सम्बन्धी विधेयक बनाउन आवश्यक भएको बताए ।
विधेयकमाथि छलफल गरी पारित भएर प्रदेश प्रमुखद्वारा प्रमाणीकरण भए कर्णालीमा छुट्टै विद्युत् ऐन बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विसं २०८१ : स्वदेशी ६२, विदेशी ८४ चलचित्र प्रदर्शन, कति भयो कारोबार ?
-
किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण
-
मुस्ताङको घरपझोङमा स्वास्थ्य शिविर, तीन सय ५३ जना लाभान्वित
-
कैलालीमा नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु
-
कतारलाई हराउँदै कुवेतको नेपालसँग अंक बराबर
-
शीर्ष स्थानमा रहेको गुजरातलाई लखनउको चुनौती