सुन तस्करीबारे पहिला राज्यका निकायहरुलाई छानबिन गर्न दिनुपर्छ : सांसद भण्डारी

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले पछिल्लो सुन तस्करीबारे पहिला प्रहरी प्रशासन र राज्यका निकायहरुलाई छानबिन गर्न दिनुपर्ने बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भण्डारीले राज्यका निकायले निष्पक्ष छानबिन गर्न नसके र निचोडमा पुग्न नसके मात्रै उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न उपयुक्त हुने बताएका हुन् ।
उनले भने, ‘उच्चस्तरीय छानबिन समिति बनाउनुहुँदैन भन्ने होइन । बनाएपनि हुन्छ । तर, राज्यको निकाय छ । पुलिस छ । राजश्व छ । उनीहरुले गर्ने कुरा एक छिन हेरौं । उनीहरु टार्गेटमा पुग्न सकेनन् । माफियाको घरसम्म पुग्न सकेनन् भने उच्च स्तरीय छानबिन कमिटी बनाएर पनि छानबिन गर्नुपर्छ । त्यसलाई गर्नुहुँदैन भन्ने कुरामा हामी जान हुन्न । जसरी हुन्छ–यो माफियाहरुलाई, नेपाली युवाहरु, जसलाई विदेश जान बाध्य बनाईराखेका छन् । नेपाललाई नांगो बनाईरहेका छन् । त्यसको बिरुद्धमा न काँग्रेस, न कम्युनिष्ट हामी सिंगो नेपाली भएर लड्नुपर्छ । यत्ति कुरा हो । त्यो भन्दा हामीसँग अरु विकल्प छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह