निर्माण व्यवसायीको आन्दोलनमा म पनि पनि सहभागी बन्न सक्छु : सांसद सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले निर्माण व्यवसायीहरू गरेको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै साप्कोटाले ठेक्का लागिसकेपछि रनिङ बिलमा समेत कन्ट्याक्टरहरुले पेमेन्ट नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सापकोटाले केही दिनपछि अरनिको राजमार्गसमेत ठप्प पार्ने गरी आन्दोलन हुन लागेको भन्दै आफू पनि सहभागी बन्न सक्ने बताए । उनले भने, ‘निर्माण व्यवसायीहरू अहिले पनि हडतालमा हुनुहुन्छ, प्रधानमन्त्री निवास अगाडि । म त्यो आन्दोलनप्रति समर्थन गर्न चाहन्छु । मेरै निर्वाचन क्षेत्रमा पनि ५/६ वटा यस्ता परियोजनाहरू छन्, जो ठेक्का भएर चालु रहेका रनिङ बिलमा समेत कन्ट्याक्टरहरुले पेमेन्ट पाएका छैनन् । यो प्रधानमन्त्री, अर्थमन्त्रीको समेत ध्यानाकर्षणको विषय हो । विषयगत मन्त्रालय हुनुको नाताले यी विषय हल गर्नुपर्छ ।’
सांसद सापकोटाले चालु आर्थिक वर्षमा अर्थतन्त्र कसरी चल्छ भन्ने चिन्ता रहेको बताए । ‘केही दिनपछि त अरनिको राजमार्गसमेत ठप्प पार्ने गरी चुनौतीहरू आएका छन् । आन्दोलनकारीका जायज माग भएकाले हडतालमा गएर सडकमा बस्नुपर्ने स्थिति छ । यो सामान्य प्रकारको समस्या होइन । यी समस्याको समाधान हुनुपर्छ,’ उनले थपे, ‘चालु रहेका प्रोजेक्टहरूकै पेमेन्ट गर्न सक्दैनौँ भने नयाँ प्रोजेक्टको हामी किन धेरै कुरा गर्ने ? यो कम्प्लिट हुनुपर्छ । अहिले ठेक्का लगाउँदा झनै जनताले बढी दुःख पाउने परिस्थिति भएको छ । नयाँ बजेट परिचालनको सङ्घारमा छौँ । यसपालिको कसरी अर्थतन्त्र चल्छ मलाई थाहा छैन । किनभने एकै ठाउँमा अर्बौँ रुपैयाँ र अर्को ठाउँमा १० लाख छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आकाशे पुल र जेब्रा क्रसिङको मतलब छैन, तस्बिरमा बाटो काट्नेहरूको लापरबाही
-
शैलेन्द्र सिम्खडालाई ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’ दिइने
-
कांग्रेसका '११ भाइ'को निर्णयमा इतर समूह सहमत हो ?
-
बम राखेको धम्कीपछि रोम डाइभर्ट भयो दिल्ली आइरहेको अमेरिकी विमान
-
फिल्म ‘द्रौपदी’ लाई विशेष चलचित्र अवार्ड
-
सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी