सभामुख बाबुराम गौतमले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले गठबन्धनकै नयाँ सरकार गठनका लागि बहुमत जुटाउन मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
उनले राजीनामा दिएसँगै मुख्यमन्त्री दाबी गर्न दलहरु प्रदेश प्रमुखको कार्यालय जाने तयारीमा छन् । सभामुख गौतम आजै काठमाडौंबाट विराटनगरस्थित प्रदेशसभा सचिवालयमा आएर उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् ।
गठबन्धनले नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धब थापालाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखकोमा दावी पेश गर्ने भएका छन् । सरकार गठनमा राप्रपाको साथ नपाएपछि गठबन्धनले सभामुख बाबुराम गौतमको राजीनामा गराएको हो । गौतमको राजीनामासँगै ९३ सदस्यीय प्रदेशसभामा गठबन्धनलाई सरकार बनाउन आवश्यक बहुमत ४७ सांसद पुग्नेछ । गौतम नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
गठबन्धनले सभामुख गौतमलाई राजीनामा गराएर संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकारको दावी गर्न लागेको हो । सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको आज बेलुका ५ः०० बजेसम्मको समय दिएका छन् । सो समयभित्रै दावी पेश हुने नेता आङ्बोले जानकारी दिए ।
प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको सभामुखसहित १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुने गरी बजेटमा व्यवस्था गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड
-
राष्ट्रिय सुरक्षामा देखिएका नयाँ–नयाँ आयामलाई मनन गर्न प्रधानमन्त्रीको जोड
-
सङ्खुवासभामा स्ववियु निर्वाचनः एक क्याम्पसमा निर्विरोध, तीनमा उम्मेदवारी दर्ता
-
आधुनिक ईभीहरूमा सुरक्षासँग सम्बन्धित जानकारी : एयरब्यागहरू कसरी र कहिले सक्रिय हुन्छन्?
-
रुसमा ड्रोन खसालेर तीन जना मारेपछि युक्रेनले भन्यो– अमेरिकासँगको वार्ता निकै रचनात्मक
-
७२ जना वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस