शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

इन्टरपोलबाट 'रेड नोटिस' जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइयो

मङ्गलबार, १६ साउन २०८०, १६ : ३४
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । इन्टरपोलबाट 'रेड नोटिस' जारी भएका प्रतिवादीलाई नेपाल ल्याइएको छ । म्याग्दी साबिक अर्मन गाविस-२ ठेगाना भएका २७ वर्षीय प्रकाश बिकलाई मलेशियाबाट नेपाल फिर्ता ल्याइएको हो ।

पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाई रेकर्ड गरेका नग्न भिडियो, फोटोहरु सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने, पीडितको आफन्तलाई पठाइदिने तथा पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि निजको नाममा फेक एकाउन्ट बनाई ती सामग्री पोर्न साइटमा समेत अपलोड गरी चरित्र हत्या गरेको सम्बन्धी साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति जारी भएका बिकलाई नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले ईन्टरपोल मलेशियासँग समन्वयमा नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

निज बिक वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको साइबर ब्यूरो भोटाहिटीबाट अनुरोध प्राप्त भएबमोजिम बिकविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा २०७८ माघ २४ गते ईन्टरपोल महासचिवालयबाट 'रेड नोटिस' जारी गरिएको थियो ।

बिकलाई आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्युरो भोटाहिटीमा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप