अध्यक्षले बैठक लाइभ गरौँ भन्नुभयो, हामीले नाइँ भन्न सकेनौँ : शर्मा
मङ्गलबार, १६ साउन २०८०, १४ : ३७

काठमाडौँ । माओवादी केन्द्रमा केन्द्रीय समिति बैठक लाइभ गर्ने विषयलाई लिएर नेताहरूले असन्तुष्ट जनाइरहेको बेला उपमहासचिव जनार्दन शर्माले समर्थन जनाएका छन् । लाइभ गर्ने विषयमा मतभेद भए पनि अध्यक्षले लाइभ गरौँ भनेपछि असहमति राख्न नहुने उनले बताए ।
‘अध्यक्ष कमरेडले लाइभ गरौँ भन्ने प्रस्ताव गर्नुभयो । उहाँले भनिसकेपछि असहमति जनाउने कुरा भएन । बैठक गोप्य राखे पनि भित्रको विषय बाहिर सबै मिडियामा आइहाल्छन् । भित्रको विषय खोतलखातल बनाएर धेरै बनाउँछन् बरु लाइभ नै गरेपछि मिडियालाई पनि सजिलो हामीलाई पनि सजिलो हुन्छ’, शर्माले भने ।
बैठक लाइभ गर्ने विषयमा नेताहरू गणेश साह, रामप्रसाद सापकोटा, कमला रोक्का लगायतका नेताहरूले भने असहमति जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा