प्रतिनिधि सभा बैठक सुचारु गर्न सभामुख र प्रमुख सचेतकहरु छलफलमा
मङ्गलबार, १६ साउन २०८०, १४ : १५

प्रतिनिधि सभाको बैठक सहज ढंगले अघि बढाउन सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । नयाँ बानेश्वरमा कार्य व्यवस्था परामर्श समितिको बैठकपछि सभामुख र प्रमुख सचेतकबीच छलफल भएको छ ।
कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल एमालेलाई आकस्मिक समयमा बोल्न दिने र छानविन समिति गठनका लागि प्रस्ताव राख्न दिने सहमति भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । तर बैठक सकिनेवित्तिकै सत्तापक्षीय प्रमुख सचेतकले सहमति नजुटी बैठक राख्न नहुने भन्दै सूचना टाँस गरेर स्थगित गर्न माग गरेपछि प्रमुख सचेतक र सभामुखबीच छलफल भइरहेको गिरीले जानकारी दिए ।
दिउँसो १ बजेका लागि समय तोकिएको भएपनि बैठक सञ्चालनबारे दलहरुबीच कुरा नमिल्दा प्रतिनिधि सभाको आजको बैठक बस्न ढिलाइ भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अब मेरा पिताजी फर्केर आउनुहुन्न, त्यो हतियार अर्कोलाई नउठोस्’
-
अधिकार त्यसै प्राप्त भएको होइन संरक्षणमा गम्भीर बनौँ : उपप्रधानमन्त्री सिंह
-
स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार प्रयासरत छ : मन्त्री शाही
-
बनेपा उपमेयर कप महिला भलिबलको उपाधि ललितपुरलाई
-
मारक्रम र पुरन चम्किँदा लगातार जितिरहेको गुजरातको यात्रामा ब्रेक
-
पत्रकार मञ्चद्वारा १५ जना पत्रकारलाई पुरस्कार तथा सम्मान