मलेसिया बन्यो वैदेशिक रोजगारीमा जानेको आकर्षक गन्तव्य

काठमाडौँ। मलेसिया वैदेशिक रोजगारीमा जाने नेपालीहरूको आकर्षक गन्तव्य बनेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा २ लाख ५९ हजार ५९४ जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन् । जसमा २ लाख ५२ हजार २९५ पुरूष र ७ हजार २९९ महिला छन् ।
यसमा पुनः श्रम स्वीकृति समेत जोडिएको छ । नयाँ श्रम स्वीकृति मात्रै लिएर मलेसियामा २ लाख १९ हजार ३५७ जना गएका छन् । ती मध्ये २ लाख १३ हजार ५० जना पुरूष र ६ हजार ३०७ महिला रहेका छन् ।
मलेसिया गएका नेपालीहरू जम्मा वैदेशिक रोजगारीमा गएका मध्ये ४४.३८ प्रतिशत रहेको छ । त्यसपछि दोस्रो प्रमुख श्रम गन्तव्य मुलुकमा यूएई रहेको छ । जहाँ ५९ हजार १५२ जना रहेका छन् । साउदी अरेबियामा ५५ हजार ७९१ जना रहेका छन् ।
त्यस्तै कतारमा ४० हजार ५१७ जना नेपाली गत वर्ष वैदेशिक रोजगारीका लागि गएका थिए ।
कुवेतमा ३१ हजार ४१० जना, दक्षिण कोरियामा २१ हजार ४१०, रोमानियमा १३ हजार १३७, क्रोसियामा १३ हजार १३७, जापानमा ७ हजार १८६, माल्टामा ५ हजार ६०३, पोल्याण्डमा ४ हजार ९१५, साईप्रसमा ४ हजार २७५, माल्दिभ्समा ३ हजार ९९४ जना वैदेशिक रोजगारीका गएको देखिन्छ ।
गत आर्थिक वर्षमा १४४ देशमा नेपाली श्रमिकहरू गएको देखिन्छ । विभागको तथ्यांक अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिएर कुल ७ लाख ७१ हजार ३२७ जना वैदेशिक रोजगारीमा गएका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा ६ लाख ३० हजार ९० जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएका थिए ।
अघिल्लो आर्थिक वर्षको तुलनामा २०७९/०८० मा १ लाख ४१ हजार २३७ जना वढी वैदेशिक रोजगारीमा गएका छन् । आर्थिक वर्ष २०७८/७९ मा भने कतार प्रमुख श्रम गन्तव्यको रूपमा देखिएको थियो । जहाँ ७६ हजार ८३२ जना नेपाली नयाँ श्रम स्वीकृति लिएर गएका थिए । नयाँ र पुनः श्रम स्वीकृति गरेर १ लाख ८४ हजार ९२६ पुगेको थियो । कतार विश्वकपका कारण त्यो बेला कतार प्रमुख श्रम गन्तव्य मुलुक बनेको थियो ।
मलेसियालाई प्रमुख श्रम गन्तव्यको रूपमा लिनुमा न्यूनमत पारिश्रमिक बढाउनु, रोजगारीका प्रयाप्त अवसर सिर्जना हुनु जस्ता कारण रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक
-
नेपालले महिला तथा बालिकाको सशक्तीकरणमा उल्लेख्य उपलब्धि हासिल गरेको छ : मन्त्री सुडी
-
मेचीनगर गोल्डकप: चर्च ब्वाइज युनाइटेड फाइनलमा
-
कोशी प्रदेश प्रमुखद्वारा ५ वटा विधेयक प्रमाणीकरण (सूचीसहित)
-
लागुऔषध मुद्दामा गाउँपालिका अध्यक्षलाई एक वर्ष जेल र दुई लाख जरिवाना
-
फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व