गठबन्धनबाट मुख्यमन्त्रीको नाम टुङ्गिन बाँकी, सभामुख राजीनामा दिन तयार
विराटनगर । कोशी प्रदेशको नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मका लागि दिएको समयसीमाभित्रै गठबन्धन दलले मुख्यमन्त्री दाबी पेस गर्ने भएको छ । यद्यपि अहिलेसम्म गठबन्धनले मुख्यमन्त्रीमा कसलाई सिफारिस गर्ने भन्ने विषयमा सहमति गर्न सकेको छैन ।
नेपाली काँग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले सभामुखले राजीनामा दिएपछि बहुमतसहित सरकार गठनको दाबी प्रदेश प्रमुखसमक्ष आजै पेस गर्ने बताए । मुख्यमन्त्री कसलाई सिफारिस गर्ने भन्ने विषयमा भने अहिलेसम्म टुङ्गो नलागेको उनको भनाइ छ । ‘मुख्यमन्त्री त काँग्रेसकै हुनुपर्छ भन्ने हाम्रो दाबी छ । अहिलेसम्म टुङ्गो भने लागिसकेको छैन,’ राईले भने । उनले काँग्रेसबाट मुख्यमन्त्री बन्दा दलका नेता उद्धव थापा नै मुख्यमन्त्रीमा सिफारिस हुने पनि बताए ।
उता, कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिने भएका छन्। ‘आजै सभामुखको राजीनामा आउँछ’, माओवादी कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘आजै मुख्यमन्त्रीको दाबी गर्नेछौ।’
यसअघि सभामुखसहितको हस्ताक्षर गरेर काङ्ग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेपछि सर्वोच्च अदालतले साउन ११ गते बिहीबार उनको नियुक्ति खारेज गरेको थियो। काङ्ग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४६ सांसद मात्रै हुने भएपछि गठबन्धनले बहुमत ४७ सांसद सङ्ख्या पुर्याउन सभामुखलाई राजीनामा दिन लगाउने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले बोलाएको बैठकमा बाबुराम नजाने, सामाजिक सञ्जालबाटै दिए सुझाव
-
मधेस प्रदेशमा डेंगु सङ्क्रमण न्यून, के भन्छन् विज्ञ ?
-
आजको राशिफल : कस्तो रहला आज तपाईंको दिन ?
-
टेलिकमको टावर निर्माण अन्तिम चरणमा, फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै
-
प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आज दिनभरको मौसम ?