सिरहामा एक युवाको शव फेला
मङ्गलबार, १६ साउन २०८०, १० : ०९
जनकपुरधाम । सिरहामा एक युवकको शव फेला परेको छ । जिल्लाको गोलबजार नगरपालिकामा एक अपरिचित युवकको शव फेला परेको हो । गागन खोलाको पश्चिम किनारमा मंगलबार विहान करिब २५ वर्षको जस्तो देखिने युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।
खोला किनारको झाडीमा भेटिएको युवकको शव हत्या गरि फालिएको हुनसक्ने प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेको र घाँटीमा गम्छा बेरिएको अवस्थामा भेटिएकोले अन्यत्र कतै हत्या गरी त्यहाँ फालिएको हुनसक्ने इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
अनुहारमा किरा समेत लागेकाले दुई चारदिन अगाडी नै घटना भएको हुनसक्ने अनुमान गरिएको छ । घटना बारे अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालका लागि पाथीभरा केबलकारको निर्माण कार्य स्थगित गर्ने सहमति
-
‘ताण्डवम्’को पहिलो गीत हिमानी (ए सानु) सार्वजनिक
-
पाथीभरा केबलकार निर्माणबारे सरकार र आन्दोलनरत पक्षबिच ६ बुँदे सहमति
-
१० बजे १० समाचार : रविविरुद्ध अर्को मुद्दा, कांग्रेसभित्र नयाँ मत
-
योगमाया सखी बनेकी जेरी भन्छिन्– संगीतसहितको प्रवचन गर्न लागेको हुँ
-
सीडीओलाई प्रहरी परिचालनको जिम्मा दिने प्रस्तावमा पूर्व आईजीपीहरुको चिन्ता