मल कारखाना स्थापनाका लागि लगानी कर्ता आह्वान गर्न बोर्डको क्षमता पुगेन : कार्यकारी निर्देशक भट्ट
_5nansiP2xg.jpg)
काठमाडौँ । लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्टले रासायनिक मल कारखाना स्थापनाका लागि लगानी कर्तालाई आह्वान गर्न बोर्डको क्षमता नपुगेको बताएका छन् ।
सोमबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले मल कारखाना स्थापना गर्ने ज्ञानशिप निजी क्षेत्र र लगानीकर्तामा हुने बताए । उनले रासायनिक मलको उत्पादन गर्ने कारखाना नेपालमा खोल्न सम्भव छ वा छैन भन्नेबारेमा अध्ययन गर्ने काम भइरहेको बताए ।
कार्यकारी निर्देशक भट्टले सरकारले बजेटमा स्वदेशमा नै रासायनिक मल कारखाना स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी पब्लिक प्राइभेट पार्टनरसिपमा लगानी बोर्डमार्फत काम अगाडि बढाइने बताइसकेको बताए । उनले अर्थ मन्त्रालय र लगानी बोर्डले समन्वयमा प्रभावकारी रुपमा सरकारका विगतका निर्णय आत्मसाथ गरेर रासायनिक मलको उत्पादन गर्ने कारखानाका लागि आवश्यक अध्ययन गरिरहेको बताए ।
कार्यकारी निर्देशक भट्टले सार्वजनिक निजी साझेदारी र निजी लगानी ऐन २०७५ र नियमावली २०७७ ले गरेको प्रावधान प्रक्रिया अनुरुप क्षमतावान् लगानीकर्ताले प्रस्ताव दिनसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस