दक्षिण एशियाली तेक्वान्दोमा १४ खेलाडीले प्रतिष्पर्धा गर्ने

काठमाडौँ । नेपालका खेलाडीले सातौं दक्षिण एशियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन् ।
आगामी अगस्ट ४ देखि ६ तारिखसम्म भारतको हैदरावादमा हुने च्याम्पियनसिपमा नेपालका १४ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका हुन् । त्यसका लागि १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली सोमबार भारतको हैदरावाद प्रस्थान गरेको छ ।
उक्त टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला र नेपाल आइटिएफ तेक्वान्दो महासंघका सदस्य गोपाल श्रेष्ठले सोमबार नै एक कार्यक्रमबीच बिदाइ गरेका थिए । महिलातर्फ फाइटको ४४ केजीमा लीलाकुमारी सापकोटा र सञ्चिता श्रेष्ठ, सविना तामाङले ४९ केजीमा, मुना राईले ५२ केजीमा, रोनिका पराजुलीले ५५ केजीमा, विनिता थापामगरले ४९ केजीमा र डोल्मा गुरुङले ८४ केजीमा प्रतिष्पर्धा गर्नेछन् ।
पुरुषतर्फ सुनिल महतोले ५४ केजीमा, तेन्जिङ दावा तामाङले ४९ केजीमा, अनिल खड्काले ६३ केजीमा, रोशन घिसिङले ४९ केजीमा, निर्मल लामाले ५८ केजीमा, साहिल दोङले ४९ केजीमा र रिक्साङ वाइबा तामाङले ५३ केजी तौलसमूहमा प्रतिष्पर्धा गर्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा ईश्वर थापामगर, धनराज तामाङ, सपुत मोक्तान र मोतीलाल घिसिङ छन् ।
उक्त च्याम्पियनसिपमा राष्ट्रिय खेलकुद परिषद्(राखेप) का बोर्ड सदस्य अञ्जन धमलाले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । त्यस्तै संघकी महासचिव अञ्जु रावत, पुकार केसी, रुपसिंह तामाङ, रजेश बोलाखे, तुलसी थापा मगर र दिलमाया गुरुङले पनि अम्पायरको भूमिका निर्वाह गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी
-
प्रमुख प्रशासकीय अधिकृत छानबिन कार्य खुलाउन काठमाडौँ महानगरलाई मन्त्रालयको पत्र
-
पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ : सभापति देउवा
-
निरन्तर दश दिन बढेपछि सेयर बजारले लियो विश्राम, कारोबार झनै बढ्यो
-
कुनै बेला मार्चमा सुरु हुन्थ्यो नयाँ वर्ष, कसले सार्यो जनवरीमा ?