मधेसमा मन्त्रिपरिषद् विस्तार
मधेश प्रदेश सरकारले पायो पूर्णता, थपिए २ मन्त्री
सोमबार, १५ साउन २०८०, २३ : ०६
जनकपुरधाम। मधेश प्रदेश सरकारमा दुई मन्त्री थपिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले आज दुई मन्त्री नियुक्त गरेका हुन् । योसँगै मधेश प्रदेश सरकारले पूर्णता पाएको छ ।
सोमबार कांग्रेसका मोहमद समिम गृह, सञ्चार तथा कानुन मन्त्री र जनमत पार्टीका चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् ।
नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् । मधेशमा पाचौंपटक मन्त्रिपरिषद विस्तार भएको हो । यद्यपि, सबै मन्त्रीले जिम्मेवारी भने पासकेका छैनन् ।
यसअघि जसपाबाट विना विभागीय मन्त्रीको जिम्मेवारीमा रहेकी सुरिताकुमारी साहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्ताको समस्या समाधानमा उच्च तहबाट आँट गर्नुपर्छ
-
२२ वर्षीय युवक : अनलाइन मार्फत ठगेर काठमाडौँमा घर, बैंकमा ४ करोड ब्यालेन्स
-
सभामुखले बोलाए प्रमुख दलका मुख्य सचेतकलाई छलफलमा
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
वर्षा कुँवरले जितिन् ‘मिसेस ब्युटी क्विन नेपाल २०२५’को ताज