शिक्षक सेवा आयोगको परीक्षा सर्यो
सोमबार, १५ साउन २०८०, १७ : ३५
![शिक्षक सेवा आयोगको परीक्षा सर्यो](https://npcdn.ratopati.com/media/news/teacher-ayog_MOz596ARLT.jpg)
काठमाडौं । लोकसेवा आयोगको परीक्षासँग जुधेपछि शिक्षक सेवा आयोगले लिने परीक्षा सरेको छ । असोज ६ गतेका लागि तोकिएको प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गतेका लागि सरेको हो ।
असोज ६ गते लोकसेवा आयोगले दिने खरिदारको परीक्षासँग जुधेपछि सारिएको शिक्षक सेवा आयोगले जनाएको छ । असोज १३ गत शनिवारका दिन तोकिएकै स्थान र समयमा सञ्चालन हुने र परीक्षा सम्बन्धी अन्य व्यवस्था पुर्व सूचना अन्सार नै रहने आयोगले जनाएको छ ।
असार १ गते बसेको आयोगको बैठकले प्रावि शिक्षकको खुला प्रतियोगितात्मक परीक्षा अन्तर्गत विषयगत परीक्षा असोज ६ गते निर्णय गरेको थियो । असार ६ गते लोक सेवा आयोगले लिने खरिदार पदको समेत परीक्षा परेपछि शिक्षकको परीक्षा सारिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा एप्पल र गुगलको एपमा फर्कियो टिकटक
-
माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट रसुवावासी लाभान्वित
-
सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ पुग्यो
-
शिखर धवनसँगै सरफराज अहमद, शेन वाट्सन र टिम साउथी सद्भावनादूत नियुक्त
-
कांग्रेस महामन्त्री विश्वप्रकाशले भ्यालेन्टाइन्स डेको अवसरमा ल्याए नयाँ गीत ‘मन त्यतै कतै’
-
फाखेल–हुमाने सडक बन्द