‘अदृश्य’को लुक्सले दर्शक लोभ्याउँछ – अभिनेता प्रमोद
काठमाडौँ । अभिनेता प्रमोद अग्रहरीले फिल्म ‘अदृश्य’को आफ्नो लुक्सले दर्शक लोभ्याउने बताए । आगामी शुक्रबार अर्थात् साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म अदृश्यमा आफ्नो अहिलेसम्मकै भिन्न लुक्स भएको उनले दाबी गरे ।
‘नेपालमा सस्पेन्स थ्रिलर फिल्म कम बन्छ’, उनले भने ‘त्यो हिसाबले पनि यो फिल्म चल्छ ।’
कार्यक्रममा निर्माता तथा निर्देशक प्रहाल्द काफ्ले, रवी गिरी, रिस्ता बस्नेत, प्रविन खतिवडा र प्रिन्स प्रसिड सिंह उपस्थित थिए ।
फिल्मका निर्माता तथा निर्देशक काफ्ले ‘अदृश्य’ एउटा उत्कृष्ट फिल्म बनेको दाबी गरे । कलाकारदेखि टेक्निकल टिमसम्मले कुनैपनि कम्प्रमाइज नगरी काम गरेकाले आफूले डेव्यु निर्देशकिय फिल्म राम्रो बनाउन सकेको उनको धारणा रहेको थियो ।
फिल्मका अर्का मुख्य कलाकार प्रविन खतिवडाले पनि फिल्म राम्रो बनेकाले दर्शकले रुचाउन सक्ने बताए । प्रमोद अग्रहरी, रिस्ता बस्नेत अनि रवी गिरी जस्ता अग्रज कलाकारसँग काम गर्न रमाइलो भएको र केही नयाँ कुरा सिक्न पाएको खतिवडाले सुनाए ।
फिल्मकी मुख्य अभिनेत्री रिस्ता बस्नेतले फिलमबाट राम्रो प्रतिक्रिया मिल्ने बताइन् ।
पिताम्बर फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रमोद अग्रहरी, रिस्ता बस्नेत, सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, प्रिन्स प्रसिड सिंह थापा, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय छ ।
राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत रहेको फिल्ममा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री फिल्मका सह–निर्माता हुन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा युद्धविराम सम्झौताबारे छलफल गर्न इजरायलकाे मन्त्रीपरिषद् बैठक बस्दै
-
सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो
-
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा न्यायाधीश शर्मा र निरौलाको इजलासमा पेसी
-
‘ऊनको स्वीटर’ वैशाख २६ मा रिलिज हुने
-
बेवारिसे नवजात शिशुको सहनी परिवारले लियो जिम्मा
-
इन्डियन प्रिमियर लिगको मेगा अक्सनपछि एकाएक करोडपति बने १३ वर्षीय वैभव