छोरालाई बनाउन चाहनुहुन्छ ‘जेन्टलम्यान’ ? यी पाँच टिप्स काम लाग्नेछन्
साधरणतया हामी छोरीको लालनपालनका लागि बढी चिन्तित हुन्छौँ, उनीहरूलाई सर्वगुण सम्पन्न बनाउन हर सम्भव प्रयास गर्छौँ तर आफ्नो छोरा पनि विचारशील र राम्रो मानिस बनोस् भन्ने चाहनुहुन्छ भने उनीहरूको लालन–पालनमा विशेष ध्यान दिन आवश्यक छ । यो चुनौतीपूर्ण लागे पनि तपाईंको थोरै प्रयासले उनीहरूलाई राम्रो मानिस बन्न प्रेरित गर्न सक्नुहुन्छ ।
छोरालाई हुर्काउँदा यी कुरामा ध्यान दिनुहोस्
जिम्मेवारी दिनुहोस्
पेरेन्टसर्कलका अनुसार सानै उमेरदेखि बच्चालाई जिम्मेवारी दिनुहोस् । यसका लागि तपाईंले उनीहरूलाई स–सानो काम अह्राउन सक्नुहुन्छ । उदाहरणका लागि तपाईंले भान्सामा केही काम गरिरहेका बेला बच्चासँग चम्चा, डाडु, पन्यु माग्न सक्नुहुन्छ । बिहान बेलुका बोट बिरुवामा पानी हाल्न लगाउन सक्नुहुन्छ ।
भावना व्यक्त गर्न सिकाउनुहोस्
धेरै घरमा छोरालाई रुन दिइँदैन । ‘हेर त छोरी जस्तै रोएको’ भन्ने गरिन्छ । तर यहाँ तपाईंले के कुरा याद राख्नुपर्छ भने तपाईंको छोरा कुनै कुरामा रिसाएको छ ऊ रोइरहेको छ भने रुन दिनुहोस्, तर अनियन्त्रित हुनबाट भने जोगाउनुहोस् । यसरी बच्चाले आफ्नो भावनालाई नियन्त्रण गर्न वा सही तरिकाले व्यक्त गर्न सिक्न थाल्छ । तपाईं आफ्नो बच्चालाई रिस, प्रेम, दुःखलाई बुझ्न र त्यसलाई राम्रो तरिकाले व्यक्त गर्न सिकाउन सक्नुहुन्छ ।
स्पर्शसहित माया व्यक्त गर्नुहोस्
आमाबुवाले छोरीको तुलनामा छोरालाई कम स्पर्श गरेर माया व्यक्त गर्ने गरेको अनुसन्धानमा खुलासा भएको छ । तर छोरालाई पनि स्पर्शको त्यति नै आवश्यकता पर्छ जति छोरीलाई पर्छ । तपाईंको छोरा साथीहरू वा अरू मानिसको अगाडि तपाईंले माया गर्दा लजाए पनि उनीहरूलाई तपाईंको स्पर्श चाहिन्छ । बच्चाले अप्ठेरो मानिरहेको छ भने पनि तपाईंले उसको पिठ्युँमा थपथपाउनुहोस्, अँगालो हाल्नुहोस्, हात समात्नुहोस् ।
सामाजिक क्षमता बढाउनुहोस्
धेरैजसो केटाहरू केटीहरूको तुलनामा गहिरो दोस्ती गर्नमा पछि पर्छन् । यस्तोमा तपाईं उनीहरूलाई साथी बनाउन, आफ्ना कुरा साझा गर्न, मानिसहरूलाई मद्दत गर्ने क्षमताको विकास गर्न सघाउन सक्नुहुन्छ ।
मानिसलाई इज्जत दिन
बच्चाले आफ्नो र अरू मानिसको इज्जत गरोस् भन्ने चाहनुहुन्छ भने तपाईंले पनि हरेक उमेर, लिङ्ग वा वर्गका मानिसको इज्जत गर्नुहोस् । तपाईंको व्यवहारले पनि उनीहरूको व्यवहारमा सकारात्मक विकास हुनेछ । यसो गर्दा बच्चाले महिला र पुरुषलाई सम्मान गर्न त सिक्छ नै क्षेत्रवाद, गरिब–धनी, सोसल स्टेटसका लागि पनि उनीहरू भित्रको मतभेद हट्नेछ ।
मेहनत र इमानदारी सिकाउनुहोस्
बच्चालाई तपाईं बाल्यकालदेखि नै मेहनत गर्नुको महत्त्व सिकाउनुहोस् र मेहनती बन्नका लागि प्रेरित गर्नुहोस् । उनीहरूलाई बाल्यकालदेखि नै सिकाउनुहोस् कि मेहनत नगरी केही पनि पाइँदैन र मेहनत गरे सबै कुरा पाइन्छ । यसका साथै तपाईं उनीहरूलाई इमानदार व्यक्ति बन्न पनि प्रेरित गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति
-
कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली हाने, अवस्था गम्भीर
-
सन्दीपको हर्नियाको शल्यक्रिया गरियो
-
मन्त्री यादव र एडीबीका नेपाल प्रतिनिधिबिच छलफल
-
१० बजे १० समाचार : ‘होल्ड’ मा परे वामदेव र पासाङ, रविलाई राहत