काठमाडौंका पूर्व मेयर पीएल सिंह अस्वस्थ, गरियो पेटको शल्यक्रिया
सोमबार, १५ साउन २०८०, १३ : ४६

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंह अस्वस्थ भएका छन् । आइतबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएको उनको उपचार भइरहेको छ ।
८४ वर्षीय सिंह केही समयदेखि अल्सरको समस्याबाट पीडित थिए। ८४ वर्षीय सिंहलाई अल्सर भएको र आन्द्राबाट ‘ब्लिडिङ’ भएको थाहा भएपछि अपरेसन गरिएको सिंहका भाइ इन्द्रलाल सिंहले बताए ।
अहिले पिएललाई ‘अब्जरवेसन’मा राखिएको इन्द्रलालले बताए । गणेशमान सिंहका प्रमुख सहयोगी भएर पीएलले काम गरेका थिए ।
काठमाडौँ महानगरपालिकाका मेयर रहिसकेका सिंह मन्त्रीसमेत रहेका थिए। उनले पछिल्लो समय कांग्रेस परित्याग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !
-
दानव नदीमा डुबेर बेपत्ता तीनमध्ये एक जनाको शव फेला