प्रधानमन्त्री र रास्वपा प्रमुख सचेतक परियारबीच भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले भेटेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र रास्वपा प्रमुख सचेतक परियारबीच भेट भएको हो ।
संसदमा अवरोध, संसदीय समितिका सभापति चयन र सरकारले चालेको भ्रष्टाचार नियन्त्रणका विषयमा छलफल भएको रास्वपा सचेतक परियारले बताए ।
‘प्रधानमन्त्रीज्यूसँग संसदको गतिरोधका विषयमा छलफल भयो । संसदलाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ ? भन्नेमा समझदारी बनाएर जानुपर्यो भन्ने छ’ परियारले भने, ‘मैले हामी संसदलाई गतिशील र प्रभावकारी बनाउनुपर्छ भन्नेमा सहमत छौं । त्यसमा सधैं हाम्रो साथ रहन्छ भन्ने छ ।’
संसदीय समितिको सभापति चयन प्रक्रियालाई छिटो टुंगो लगाउने विषयमा छलफल भएको परियारले बताए । यस्तै सभापति चयन प्रक्रिया ढिला हुँदा संक्रमणकालीन न्याय टुंगो लगाउने नसकेको प्रचण्डले बताएका छन् । प्रधानमन्त्रीले समितिका सभापति चयन प्रक्रिया २/३ दिनमा टुंगो लगाउने बचन दिएको बताए । सरकारले भ्रष्टाचार नियन्त्रणमा कठोर नीति लिएकाले साथ र सहयोग गर्न
प्रचण्डले आग्रह गरेका छन् । ‘सरकार भ्रष्टाचार नियन्त्रणमा कठोर नीति लिएको छ । यो कसैको दवाव वा प्रभावमा रोकिँदैन यसमा तपाईहरुको साथ सहयोग हुनुपर्यो’ प्रधानमन्त्रीको भनाई उदृढ गर्दै परियारले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए