माओवादी बैठक
माओवादीले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने
सोमबार, १५ साउन २०८०, १० : ३४

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिएका हुन् ।
पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठक डाकेको छ । शर्माका अनुसार बैठक पाँच दिनसम्म चलाउने पनि आजको बैठकले निर्णय गरेको छ ।
यसअघि नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेको थियो । बैठक साउन २ गतेदेखि १० गतेसम्म चलेको थियो ।