भारतमा पाँच वर्षीय बालिकाको शव फेला : बलात्कार पछि हत्या गरेको आरोपमा युवक पक्राउ
सोमबार, १५ साउन २०८०, १० : ०३

भारतको केरलामा पाँच वर्षीय बालिकाको शव भेटिएको छ । हिन्दुस्तान टाइम्सको एक रिपोर्ट अनुसार केरलाको एरनाकुलम जिल्लामा बालिकाको शव भेटिएपछि २९ वर्षका व्यक्तिलाई बलात्कार र हत्याको आरोपमा पक्राउ गरिएको छ । स्थानीय अदालतले अभियुक्तलाई १४ दिनको हिरासतमा पठाएको छ ।
प्रहरीका अनुसार अभियुक्त अशफाक आलक मूल रूपमा बिहारका हुन् र घटनामा उनी एक्लैको संलग्नता छ ।
रिपोर्टका अनुसार आइतबार बालिकाको शव अन्तिम संस्कारभन्दा अघि स्कुलमा राखियो जहाँ नेता र सामाजिक कार्यकर्तासमेत सयौँ जम्मा भए ।
बालिकाको परिवारले शुक्रवार बालिका हराएको उजुरी दर्ता गरेका थिए, त्यसपछि अभियुक्त अशफाकलाई पक्राउ गरिएको थियो ।
प्रहरीले भनेको छ, ‘यस्ता प्रत्यक्षदर्शी भेटिएका छन् जसले घटनाभन्दा एक घण्टा अघि अभियुक्तलाई बालिकासँग देखेका थिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ अङ्कले घट्याे नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार
-
३० हजार घुस लिएको आरोपमा सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका सिंहको उपचारका क्रममा मृत्यु
-
साना तथा मझौला उद्योगको आईपीओमा किन परेन आवेदन ?
-
वर्तमान शासन व्यवस्थाको विकल्प छैन : प्रचण्ड
-
कला र संगीतलाई एआईसँग जोडेर प्रविधिमैत्री पाठ्यक्रम बनाइँदै