काठमाडौँ । निर्माण व्यवसायीहरुले सोमबार राजधानीको बालुवाटारमा प्रदर्शन गरेका छन् । असार मसान्त सकिएपनि पनि निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तान नगरिएको र म्याद थप सम्बन्धी निर्णयको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा प्रदर्शन भएको हो ।
महासंघले सोमबार प्रधानमन्त्री निवास अगाडि सेफ्टी हेल्मेटसहित एक घण्टा धर्ना कार्यक्रम र प्रदर्शन गरिएको जानकारी दिएको छ ।
निर्माण व्यवसायीहरु नारा लगाउँदै बालुवाटार छिर्ने बाटो अगाडि बसेका थिए ।
प्रतिक्रिया