गौर हत्याकाण्डका पीडितले घोषणा गरेको अनिश्चितकालीन बन्दको कार्यक्रम स्थगित
रौतहट । गौर हत्याकाण्डका पीडितहरुले घोषणा गरेको अनिश्चितकालीन बन्दको कार्यक्रम स्थगित भएको छ ।आइतबार गौर हत्यकाण्ड पीडित संघर्ष समितिकी अध्यक्ष रुपसागर देवी उपाध्यायले एक विज्ञप्ति जारी गरी अनिश्चितकालीन बन्दको कार्यक्रम स्थगित गरिएको जानकारी दिएकी हुन् ।
केही दिनदेखि सो हत्याकाण्डका पीडितहरुले न्यायको माग राख्दै विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेका थिए । संघर्षका कार्यक्रम अन्तर्गतको अनिश्चितकालीन बन्दको कार्यक्रम भने हाललाई स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ । पीडितहरुले साउन १ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा विभिन्न माग राखी ज्ञापनपत्र पनि बुझाएका थिए ।
सो हत्याकाण्डका पीडितहरुले सत्ताको नेतृत्व गरिरहेका पार्टीको नाममा धम्की दिइएको आरोप लगाउँदै संघर्षका कार्यक्रमलाई भने परिमार्जनसहित दृढताका साथ अघि बढाउने चेतावनी दिएका छन् । उनीहरुले सत्ताको आडमा अर्को गौर हत्याकाण्ड मच्चाउने धम्की आएको बताउँदै सत्ताधारी पार्टीहरुले नै भय र आतंकको अवस्था सृजना गर्नु दुःखद भएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छः ‘अहिलेको २१ औं शताब्दीको कानुनी शासनको युगमा संरक्षणको जिम्म लिएका सत्ताधारी पार्टीहरुले भय आतंकको अवस्था निर्माण गर्नु दुःखद छ । यस्तो जंगलीराजको हामी भर्त्सना गर्दछौं साथै संघर्षलाई अझ दृढतापूर्वक अगाडी बढाउने संकल्प गर्दछौं ।’
२०६४ साल चैत ७ गते तत्कालीन नेकपा माओवादी र जनअधिकार फोरमका कार्यकर्ताबीच भएको झडपमा परेर २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन