सांसद शर्मा सम्मानित
आइतबार, १४ साउन २०८०, १९ : ५०

काठमाडौँ । स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याएबापत प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्मा सम्मानित भएका छन् । माइती नेपालले आइतबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी सांसद शर्मालाई सम्मान गरेको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य र माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सांसद शर्मालाई दोसल्ला र कदरपत्र प्रदान गरी सम्मानित गरे ।
सो अवसरमा मन्त्री आचार्य, माइती नेपालकी अध्यक्ष कोइराला लगायत वक्ताहरूले डा.शर्माले पुर्याएको योगदानको चर्चा गर्दै प्रशंसा गरे ।
मोरङको क्षेत्र नं. ३ बाट निर्वाचित सांसद शर्मा मेडिकल कलेज व्यवसायी पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारसँग लिङ्देनको भेट
-
‘अब मेरा पिताजी फर्केर आउनुहुन्न, त्यो हतियार अर्कोलाई नउठोस्’
-
अधिकार त्यसै प्राप्त भएको होइन संरक्षणमा गम्भीर बनौँ : उपप्रधानमन्त्री सिंह
-
एमाले कमजोर भइरहेको अध्यक्ष ओलीद्वारा झापाबाटै स्वीकार
-
स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार प्रयासरत छ : मन्त्री शाही
-
बनेपा उपमेयर कप महिला भलिबलको उपाधि ललितपुरलाई