३१ करोडले बढ्यो अम्रिसोको निर्यात, भारत सबैभन्दा ठूलो खरिदकर्ता
![३१ करोडले बढ्यो अम्रिसोको निर्यात, भारत सबैभन्दा ठूलो खरिदकर्ता](https://rpcdn.ratopati.com/media/albums/amriso_IyemOgQZKb.jpg)
काठमाडौँ । नेपालबाट गत आर्थिक वर्ष २०७९/८० मा १ अर्ब रुपैयाँभन्दा बढीको अम्रिसो निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १ करोड ३९ लाख किलोग्राम अम्रिसो निर्यात भएको हो ।
गत आर्थिक वर्षमा नेपालबाट निर्यात भएको सम्पूर्ण अम्रिसो भारततर्फ गएको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ६९ करोड ९८ लाख रुपैयाँको अम्रिसो निर्यात भएको विभागको तथ्यांक छ ।
उक्त अवधिमा नेपालबाट १ करोड ४० लाख ६९ हजार किलोग्राम अम्रिसो निर्यात भएको थियो । तथ्यांकअनुसार एक वर्षको अवधिमा नेपालबाट अम्रिसोको निर्यात ३१ करोडले बढेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा भने बंगलादेश र भारतमा अम्रिसो निर्यात भएको थियो । उक्त अवधिमा बंगलादेशतर्फ ३२ लाख ५९ हजार रुपैयाँको अम्रिसो निर्यात भएको थियो । यस्तै, भारततर्फ ६९ करोड ६६ लाख रुपैयाँको अम्रिसो निर्यात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अचाक्ली बढ्यो खाने तेल, घिउको मूल्य, सरकारलाई थाहै छैन
-
बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’
-
सप्तरीमा रु चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै