जनकपुरबाट ‘राजागञ्ज’को छायांकन सुरु
आइतबार, १४ साउन २०८०, १६ : ३०

काठमाडौँ । फिल्म ‘राजागञ्ज’को छायांकन सुरु भएको छ ।
फिल्मको शनिबारदेखि जनकपुरको रामानन्द चोकबाट छायांकन सुरु भएको हो । फिल्मका निर्देशक दीपक रौनियार हुन् ।
फिल्म जनकपुरपछि मोरङ र महोत्तरीमा छायांकन हुनेछ । फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । पोखरेलले ४० दिनको छायांकन सेडुलसहित फिल्मको छायांकन सुरु गरिएको बताए ।
फिल्ममा दयाहाङ राई, पूर्वमिस नेपाल समेत रहेकी निकिता चाण्डक, आशा मगराती, विजय बराल, घनश्याम मिश्र, पशुपति राई लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । अमेरिकी छायांकार सेल्दन चाउले छायांकन गरिहेका छन् । उनका फिल्म कान्स, लोकार्नो, सनडान्स, टोरन्टो र भेनिस फेस्टिभलमा प्रदर्शन भएका थिए ।
फिल्म समयविरुद्धको कथामा थ्रिलर तरिकाले निर्माण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानेडियन प्रतिद्वन्द्वीसँग हार्यो मेस्सी आबद्ध इन्टर मियामी
-
नेपालमा भ्यू टावर निर्माण : पर्यटकीय अवसर कि राज्य स्रोतको दुरुपयोग ?
-
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ: गृहमन्त्री लेखक
-
धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै
-
भुजी र दरमखोला पुल निर्माणमा लापरबाही
-
यतिबिघ्न ‘भ्यू टावर’ किन ठडिए ?